इटहरीः कानमा मोबाइलको इयरफोन लगाई कक्षा १२ मा अध्ययनरहत एक किशोरले झुण्डिएर आत्महत्या गरेका छन् । खोटाङ स्थायीघर भई धरान उपमहानगरपालिका वडा नम्बर ११ मा बसेर अध्ययन गरिरहेका १८बर्षीय सुदिप राईले झुण्डिएर आत्महत्या गरेका हुन् ।
धरान ११ सुनौलो मार्गमा आफ्नी फुपुको घरमा अध्ययनका लागि बस्दै आएका १८ बर्षीय राईले बुधबार बिहान करिब साढे ९ बजेको समयमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । फुपु दिदि दाउरा लिन गएको मौका छोपी उनले आफु बस्ने कोठाभित्र पंखामा झुण्डिएर आत्महत्या गरेको वडा नम्बर ११ का वडा सदस्य किरण राइले जनाकारी दिएका छन् ।
उनका अनुसार उनि झुण्डिएको स्थान होचो रहेको र कोठा भित्र बाट बन्द गरिएको थियो । घटना स्थलमा इलाका प्रहरी कार्यालय धरानबाट पुगेको प्रहरी टोलीले शवको मुचुल्का उठाएर वीपी प्रतिष्ठान धरानमा पोष्टमार्टम गरिएको छ । पोष्टमार्टपछि शब आजै परिवारको जिम्ममा लगाउने प्रहरीले जनाएको छ । कोठा भित्र झुण्डिएर अवस्थामा शव फेलापरेकोले आत्महत्याका बिषयमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताएका छन् ।