इटहरीः कपिलबस्तुमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १०१ पुगेको छ ।
कपिलबस्तु ८ का १६ र २२ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीले जनाएका छन् ।
एनिहरुको स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा उनिहरुमा कोरोना संक्रमण भएको नतिजा आएको थियो । उनीहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यर्कीहरुको सम्पर्कमा रहेको मन्त्रालयका सह प्रवक्ता डा. अधिकारीले जनाए ।