भोजपुर : कोरोनाको महामारी सगैँ भएको लकडाउन पश्चात सहरी क्षेत्रमा बसोबास गर्ने भोजपुरवासीहरुको खाद्यान्न समस्यालाई मध्यनजर गर्दै राहत वितरण गरिएको छ ।
भोजपुर जिल्ला घर भई हाल अस्थाई रुपमा मोरङको विभिन्न ठाउँमा बसोबास गर्दै आएका ४४ जना जिल्लावासीलाई शेर्पा कन्स्ट्रक्सनका सञ्चालक फुर्तेम्बा शेर्पाद्धारा राहत वितरण गरेका हु्न् ।
कामको शिलसिलामा मोरङ जिल्लाको विराटनगर, बिराटचोक लगायत बिभिन्न ठाउँमा अस्थाई रुपमा बस्दै आएका ब्यक्तिलाई उनीहरुको डेरामै गएर प्रति परिवार २५ केजी चामल राहत दिएको शेर्पा कन्स्ट्रक्सनका सञ्चालक फुर्तोम्बा शेर्पाले जानकारी दिए ।
राष्टिय उपभोक्ता मञ्च सुनसरीको कार्यवाहक अध्यक्ष पुर्ण राईको उपस्थितीमा बैशाख २८ गते राहत वितरण गरेको हो । लक डाउनका कारण खाद्यान्न संकटमा परेका उनीहरु राहत पाएपछि हर्षीत भएका छन् ।
भोजपुर नगरपालिका वडा नं ८ पोखरे घर भई हाल कञ्चनबारी ४, विराटनगर बस्दै आएकी इन्द्रमाया तामांगलाई उनी काम गर्ने अफिसले वेतलवी विदा दिएको छ, आफुले जोहो गरेको खाद्यान्न सकिदै थियो, राहत पाए खुशी छु । उनले भनिन् ‘म जस्तै समस्यामा परेका भोजपुरवासीलाई पनी सहयोग गर्नुहोला ।
भोजपुर नगरपालिका ३ दावाका अम्बीका नेपालीले भने लकडाउनका कारण खाद्यान्न किन्न बजारसम्म जान नपाउदा धेरै समस्या थियो, उहाले घरमै ल्याएर दिनुभयो हामी खुशी छौँ ।’ उनीहरुसगैँ खाद्यान्न राहत लिन आउने ४४ जनाकै मुहारमा खुशी झल्कीएको थियो ।
यसअघि शेर्पा कन्स्ट्रक्सनका सञ्चालक फुर्तोम्बा शेर्पाले आफनो जन्मगाउँ पौवादुङमा १ श्यामशिला र तिवारीभञ्जयांगका २५० जना स्थानीय र मोरङ, सुनसरी, भोजपुरका विपन्न, गरिब, मजदुर १ हजार ३ सय गरी कुल १ हजार ५ सय घरपरिवारलाई प्रति परिवार २५ केजी चामल, २ केजी नुन, २ लिटर तेल निःशुल्क वितरण गरीसकेका छन् ।
जिल्ला स्थित सबै स्थानीय तहमा तोकीएका सम्पर्क व्यक्तिहरुले संकलन गरेको पिडितहरुको नामावली अनुसार लकडाउन अवधिभर सुनसरी र मोरङमा अस्थाई बसोबास गर्ने जिल्लावासीहरुलाई राहत वितरण गर्ने योजना रहेको समेत कन्स्ट्रक्सनका सञ्चालक शेर्पाले बताएका छन् ।