संखुवासभाः नर्सिङ दिवसको अवसरमा जिल्ला अस्पताल संखुवासभाका नर्सहरुले जिल्लामा अवस्थित माट्स नेपालद्धारा सञ्चालित बाल कल्याण गृहका बालबालिकाहरुलाई स्टेशनरी सहयोग गरेका छन् । बालबालकाहरु शिक्षा पाउने अवसरबाट बन्चित नहुन भन्ने उद्देश्यले स्टेशनरी वितरण गरेको जिल्ला अस्पताल खाँदबारीका स्टाफ नर्स सुजता पौडेलले बताइन् ।
स्टाफ नर्सहरुले दिवसको अवसरमा रमाइलो गर्ने खर्च कटाएर सहयोग गरेको पौडेलले बताइन्। बाल कल्याण गृहमा हाल ८ जना बालबालिका आस्रित रहेका छन् । दिवसको अवसरमा सहयोग गरेको प्रति माट्स नेपाल बाल कल्याण गृहका संयोजक सरोज श्रेष्ठले धन्यवाद दिए । उनले अन्य संघसस्थाले पनि दिवसको अवसरमा सहयोग गरे बालकल्याण गृह सञ्चालन गर्न तथा बालबालिकाको शिक्षा प्राप्त गर्ने अधिकार बाट बन्चित हुन नपर्ने पनि अपेक्षा गरेका छन् ।

20200512_110048