इटहरीः लकडाउन भएको लामो समय भएसगैं इटहरी आसपासको सडक किनारमा भएको फोहोर नउठ्दा बाटो दुर्गन्धित भएको छ ।
इटहरीमा पछिल्लो केहि दिन लकडाउन खुकुलो गर्ने निर्णय भएसगैं मान्छेको आउजाउ बढेपछि लामो समय हुदाँ पनि फोहोर सम्बन्धित निकायले चासो नदिदाँ उक्त समस्या भएका हो ।
इटहरी उपमहानगरपालिकाबाट फोहोर उठाउने जिम्मा पाएको वेष्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रालिले भने केही दिन यता अत्याधिक फोहोर सडक किनारामा भएकाले क्षेत्र निर्धारण गरी दैनिक उठाईरहेको जनाएको छ ।