इटहरीः थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषा, महोत्तरी र सर्लाहीका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ सय ५० पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणबाट उनिहरुमा संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेहरुमा सर्लाही धान्कौल नगरपालिका ४५ बर्षीय पुरुष, धनुषाको जनकपुर नगरपालिका ४० बर्षीय पुरुष र मिथिला नगरपालिकाकी २० बर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरि महोत्तरीको जलेश्वर नगरपालिका १६ बर्षीय किशोर र बलवा नगरपालिकाका ३५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ । संक्रमित ५ जना नै स्थानीय स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । यसअघि एक ६ बर्षीया बालिका सहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको थियो ।