इटहरीः जनता माध्यामिक विद्यालयले सहयोगका नाममा विद्यार्थीका अभिभावकहरुलाई हालको बिषय परिस्थितीमा दवाव दिएर बैंक खातामा जम्मा गर्न लगाएको रकम तत्काल फिर्ता गर्न नेपाली कांग्रेस इटहरी नगरसमितिले माग गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले यस्तो बिषम परिस्थितीमा पनि अभिभावकहरुसंग रकम असुल्ने अमानवीय, गैरकानूनी एकलौटी प्रति कडा आपत्ति जनाउँदै कांग्रेस इटहरीले अभिभावकहरुबाट असुल गरिएको रकम तत्काल फिर्ता गर्न माग गरेको हो । अभिभावकबाट असुल गरेको रकम फिर्ता नगरिए र विद्यार्थी भर्नाका नाममा रकम असुल गर्ने कार्य अबिलम्ब नरोके नेपाली कांग्रेस जस्तो सुकै कदम चाल्न बाध्य हुने चेतावनी पनि नेपाली कांग्रेस इटहरीले दिएको हो ।
नेपाली कांग्रेसका इटहरी नगरसभापति हेमकर्ण पौडेलले आज एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै जनता माविको सो कार्यको भत्र्सना गर्दै आपत्ति समेत जनाएका छन् । घरभित्रै बसेर मानविय जिवन कसरी बचाउने भन्ने चिन्ता रहेको बेला श्रम गरेर दैनिक गुजारा गर्ने अभिभावहरुसंग विद्यालयले दवाव दिएर बैंक खातामा पैसा जम्मा गर्न लगाएको कार्यप्रति नेपाली कांग्रेसको गम्भिर ध्यानकर्षण भएको प्रकाशित विज्ञप्तीमा उल्लेख गरिएको छ । 

Vouchar
अंग्रेजी माध्यमबाट पठनपाठन गराउने बहनामा अभिभावकहरुलाई बैंक खाता नम्बर दिएर पैसा जम्मा गराउनु खेदजनक कार्य भएको कांग्रेसले जनाएको छ ।
विज्ञप्तीमा कांग्रेसले जनता माविलाई भौतिक संरचना निर्माण गर्न र शैक्षिक सुधारका लागि सरकारबाट ठूलो बजेट आएकाले त्यसको हालसम्म हिसाब किताव सार्वजनिक नगरिएकाले अनियमितता भएको आशंका गरिएको जनाउँदै छानविन गर्नु पर्ने माग पनि गरेको छ । कांग्रेसले जनता माध्यामिक विद्यालयमा हालसम्म भौतिक संरचना निर्माणदेखि अन्य कार्यमा भएका खर्च विवरण तत्काल सार्वजनिक गर्न माग समेत गरेको छ ।
जनता माध्यामि विद्यालयले यतिका कार्य गर्दापनि इटहरी उपमहानगरपालिका मौन बस्नु गम्भिर बिषय भएको जनाउँदै कोरोना संन्त्रासमा लकडाउनको पूर्ण पालना गरि घरमा बसेका अभिभावकहरुलाई फोन गरेर पैसा जम्मा गर्न लगाउने विद्यालयका प्रध्यानाध्यापक छत्रपति ढुंगेललाई कार्वाही गरि जिम्मेवारीबाट मुक्त गर्न विज्ञप्ती मार्फत कांग्रेस इटहरीले माग गरेको छ ।