इटहरीः नेपालमा कोरोना संक्रमणको संख्या २ सय ४९ पुगेको छ । केही बेरअघि थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले दिउँसो जनाएको थियो । आज ४ जना नयाँ संक्रमित थपिएका हुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा गरिएको परीक्षणमा उनिहरुलाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर कुमार अधिकारीद्धारा जारी प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।
थपिएका नयाँ ३ संक्रमितहरुमा काठमाण्डौंको दहचौंक निवासी ७ बर्षीय बालक, धादिङकी ३० बर्षीया महिला र धनुषाको जनपुर निवासी १७ बर्षीया किशोरीमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।