इटहरीः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिर्पोट अनुसार नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहान ८ बजे मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जारी गरेको प्रेस विज्ञप्ती अनुसार थप ९ जना सहित नेपालमा कोरोना संक्रमण हुनेहरुको संख्या २ सय ५८ जना पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्ला ९ जनामा संक्रमितहरुमा मकवानपुर निवासी ३७ बर्षीय पुरुष र बाँके नैनापुर वडा नम्बर १, ३ र ५ निवासी १८ देखि ३६ बर्ष उमेरका पुरुषहरु रहेका छन् ।
संक्रमितहरुको स्वास्थ्य अवस्था समान्य रहेको र उनिहरु स्वास्थ्यकर्मीहरुकै सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।
भने ३६ जना निको भएर घर फकिसकेका छन् ।