विराटनगर: कोशी अस्पताल कोभिड(१९ उपचार केन्द्रमा उपचाररत एक जना शुक्रबार डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेमा भारतका २५ वर्षीय मोहम्मद अदुबकर सुल्तान रहेका छन् ।
बिहिबारडिस्चार्ज भएका सुल्तानमा गएको वैशाख ५ गते उदयपुरको भुल्केमा सङ्क्रमण देखिएको थियो । उनलाई रानी मरकजको क्वरेन्टीनमा राखिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोभिड अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर बस्नेतले दिए ।

अस्पतालमा अब १८ जना उपचाररत रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उदयपुरमा ३२, झापामा २ र भोजपुरमा १ जना गरी प्रदेश १ मा जम्मा ३५ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । सुल्तान डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ । यसअघि १६ जना डिस्चार्ज भएका थिए ।