इटहरीः चीनबाट फैलिएको कोभिड १९ को संक्रमण नेपालमा पनि प्रतिदिन बढीरहेको छ । आज थप ९ जना कोभिड १९ का संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अघि राती ८ बजेर १५ मिनेटमा मन्त्रालयले जारी गरेको प्रेश विज्ञप्ती अनुसार नेपालमा कोभिड १९ संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।
पछिल्ला ९ संक्रमितहरु मध्ये पर्साको वीरगञ्ज निवासी ९ र १० बर्षीय बालक, २३ र ३७ बर्षीया महिला रहेका छन् । त्यसैगरि उदयपुरको त्रियुगा नगरपालिका निवासी २५ बर्षीय पुरुष रहेका छन् । उनि पत्रकार भएको स्थानीयले बताएका छन् ।
दाङको गढवा ५ , ६ र तुलसीपुर निवासी २३,३४ र ३६ बर्षीय पुरुषमा पनि कोभिड १९ संक्रमण पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ । यसअघिसम्म दाङ जिल्लामा कोभिड १९ संक्रमण देखिएको थिएन् । त्यसैगरि काठमाण्डौंको संतुगल निवासी ७ बर्षीय बालकमा पनि कोभिड १९ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
संक्रमण पुष्टि भएकाहरुको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनिहरु स्वास्थ्यकर्मीहरुको सम्पर्कमै रहेको मन्त्रालयले जनाएको छ ।