इटहरीः शनिवार अर्थात आज बिहानै ९ जना कोरोना संक्रमित थपिएका छन् । कपिलबस्तुमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना भाइरस संक्रमण हुनेको संख्या २७६ पुगेको छ ।
मन्त्रालयका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका, चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार यसअघि शनिबारै बर्दिया नार्खु ११ की २८ वर्षीया महिला, सिराहा, सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, वीरगञ्ज–१२ निवासी २८ र २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

corona-virus_SMCDUenLyp