इटहरीः कोभिड १९ का कारण कुनै पनि मानिसको मृत्यु भएका शबलाई दाहसंस्कार गर्न नेपाल सरकारले कार्यविधि बनाएको छ ।
सरकारले बनाएको कार्यविधि अनुसार शब लिन जानुअघि शब बहाक चालक एव्म कर्मचारीहरुले पिपिइ अनिवार्य लगाउनु पर्ने व्यवस्था गरिएको छ । त्यसैगरि मृत्कका कुलधर्म अनुसार उनिहरुका आफन्तहरुलाई पनि सुरक्षित राख्नु पर्ने हुन्छ । कोभिड १९ संक्रमण भई ज्यान गुमाएकाको शब जहीत्यही शदगद गर्न नहुने कार्यविधिमा उल्लेख गरिएको छ ।
शबलाई अन्तिम संस्कार गर्न अस्पताल या घरबाट लैजाने क्रममा कर्मचारी, शब बहाक चालक,आफन्तहरु, मलामी जानेहरुले अनिर्वाय हातमा पन्जा, चश्मा र टोपी सहितको पिपिइ लगाउनु पर्ने कार्यविधिमा भनिएको छ । त्यसैगरि शबलाई कमभन्दा कम चलाउनु पर्छ । शबको कुनै भागबाट श्राब गएको भए त्यसलाई होशियारीपूर्वक बन्द गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।