इटहरीः आज बिहान बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ बर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनको स्वाब परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
उनको मृत्युसंगै नेपालमा कोरोना भाइरस (कोभिड(१९) बाट मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि शनिवार सिन्धुपाल्चोकी २६ बर्षीया एक सुत्केरी महिलाको कोरोना संक्रमणकै कारण ज्यान गएको थियो ।
मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । क्वारेन्टाइनमा बस्ने क्रममा स्वासप्रश्वासमा समस्या भएको र आइतबार विहान ६ः४० बजे मृत्यु भएको हो । उनि बस्ने क्वारेन्टाइनमा ८ जना कोरोना संक्रमितहरु समेत बस्दै आएका थिए ।