इटहरीः कोभिड १९ को महामारी फैलिरहेको बेला अग्रभागमा रहेर सक्रिय पत्रकारिता गर्ने पत्रकारहरुको वीमा गर्न सम्बद्ध संचारसंस्था र पत्रकारका अन्य संगठनहरुले नसकिरहेको अवस्थामा प्रेस युनियन सुनसरीले भने जिल्लामा सक्रिय १५० जना पत्रकारहरुको निःशुल्क वीमा सुरु गरेर उदाहरणीय कार्य गरेको छ ।
यूनियन सुनसरीका अध्यक्ष युवा संचारकर्मी पवन अधिकारीको बिषेश योजना र पहलमा जिल्लाका १५० सक्रिय पत्रकारहरुको वीमा गर्ने कार्य सुरु भएको हो । उनको यो कार्यले सहमति अनुसार नेतृत्व हस्तान्तरण गर्ने समयमा के गर्दा रहेछौं म नि हेर्छु भन्नेहरुका लागि गतिलो झापड सावित भएको छ ।
कोरोना भाइरसको महामारीका बेला फ्रन्टलाइनमा जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका नेपाल पत्रकार महासंघ सुनसरी आबद्ध तथा जिल्लामा क्रियासिल समेत गरि १५० जना पत्रकारको निःशुल्क वीमा गर्ने कार्र्यक्रम सुरु गरेको हो । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार युनियन र आईएमई जनरल इन्सुरेन्सबीच आइतवार सम्झौता भएको छ ।
सम्झौता अनुसार पत्रकारलाई कोरोना भाइरसको लक्षण देखिएमा १ लाख रुपैयाँ प्रदान गरिनेछ । सम्झौतामा युनियनका तर्फबाट अधिकारी र इन्सुरेन्सका मार्केटिगं प्रदेश संयोजक विमलकुमार रन्जितकारले हस्ताक्षर गरेका छन् । इन्स्योरेन्सको बिराटनगर स्थित क्षेत्रिय कार्यालयम एक कार्यक्रमका बिच प्रेस युनियनका अध्यक्ष अधिकारी र रञ्जितकार बिच पत्रकारको वीमा गर्दे लिखितम सहमति आदानप्रदान भएको थियो ।
सो कार्यक्रममा अध्यक्ष अधिकारीले सामान्य राहत किन्न समेत अप्ठारो परिरहेको अवस्थामा यस वीमाले अग्रभागमा रहेर सक्रिय पत्रकारित ागर्ने पत्रकारलाई ठुलो टेवा पुग्ने र उनका परिवारलाई समेत राहत महशुस हुने बताए । सुनसरीका दक्षिणवर्ती सीमा क्षेत्रहरुका भारतसंग जोडिएकाले निकै संबेदनशिल स्थानमा रिपोर्टिगं गर्नुपर्ने बाध्यता क्रियाशिल पत्रकारहरुलाई छ । सुनसरी जिल्ला कोरोना संक्रमणको उच्च जोखिममै पर्ने भएकाले वीमाको आवश्यकता महशुस भएकाले आईएमई जनरल इन्सुरेन्ससंग कुराकानी गरि वीमा गरिएको अध्यक्ष अधिकारीले बताए ।
हस्ताक्षर कार्यक्रममा इन्स्योरेन्सका तर्फबाट संयोजक रञ्जिकारले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कोराना वीमा कार्याक्रम प्रेस युनियन सुनसरी संगको सहकार्यमा गरेको जानकारी गराए । सो कार्यक्रममा पत्रकार महासघं प्रदेश १ का महासचिब बिबेक गौतमलेले युनियन सुनसरीले गर्ने लागेको वीमा कार्यक्रमले जिल्लाभरका पत्रकारहरुले फाइदा पुग्ने बताए ।
वीमा गर्ने कार्यले युनियन सुनसरी पत्रकारहरुको पेशागत हकहित एवम शुरक्षाका बिषयमा गम्भिर भएर लागेको गतिलो प्रमाण पेश गरेको नेपाल पत्रकार महासंघ प्रदेश १ अध्यक्ष बिक्रम लुइटेलले बताए । उनले सरकारले समेत यस्तो महामारीको समयमा पत्रकाहरुको शुरक्षाका लागि चिन्तित भएर लाग्नुपर्ने कुरामा जोड दिए । सो कार्यक्रममा इन्स्योरेन्सका इटहरी व्यवस्थापक भोजराज अधिकारी, विराटनगरका व्यवस्थापक सुनिल ठाकुर लगायतको उपस्थिति रहेको थियो । यूनियनका अध्यक्ष अधिकारीको अग्रसरता र योजनामा जिल्लाका सक्रिय पत्रकारहरुको वीमा सुरु गरेको सार्वजनिक भएसंगै अध्यक्ष अधिकारीको पेशको हकहित र मानवीय कार्य चारैतर्फबाट प्रशंसा भईरहेको छ ।
उनले यसअघि पूर्व सहमति अनुसार आफुले यूनियनको सुनसरीको अध्यक्षको जिम्मेवारी प्राप्त गर्नसाथ जिल्लाभरीका सक्रिय पत्रकारहरुको घर घरमा पुगेर कोरोना महामारीबाट बच्नका लागि सहयोग पुर्याउने उद्धेश्यलले सेनिटाइजर, मास्क वितरण गरेका थिए । उनले सुनसरी जिल्ला बाहिरका केही पत्रकारहरुलाई समेत सेनिटाइजर र मास्क पठाएका थिए । ग्रामिण क्षेत्रमा क्रियाशिल केही पत्रकारहरुलाई राहत वापत खाद्यन्न सामाग्रीहरु वितरण गरेका थिए ।
प्रेस यूनियन सुनसरीलाई नेपालभरीकै अन्य पत्रकारसंग सम्बन्धित संघ संस्था भन्दा नमूना बनाउने योजना अनुसारको कार्यलाई यतिबेला यूनियन भित्र नै चर्चाको बिषय बनेको छ । यतिसम्म की यूनियन सुनसरीमा आवद्ध सदस्य तथा बाहिर रहेका पत्रकारहरु बीच यसअघि यूनियनको नेतृत्व कर्ताकोे कार्य र अधिकारीले जिम्मेवारी लिएपछिको कार्यको खुलेरै चर्चा हुन थालेको छ ।