इटहरी: आइतबार प्रदेश १ मा तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विराटनगरकी २९ वर्षकी महिला र ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । धनकुटामा ३४ वर्षकी महिलामा संक्रमण पुष्टि भएको छ । वि.पीं कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षण अनुसार उनीहरुमा कोरोना पुष्टि भएको हो । धनकुटाकी कोरोना संक्रमित महिला भने स्वास्थ्यकर्मी भएको बुझिएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । संक्रमित मध्ये १७ जना उपचारपछि निको भएका छन् । यो सगैं नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ । भने ३६ जना निको भएर घर फर्किसकेका छन् ।