इटहरी: नेपालमा सोमबार थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालस्थित प्रयोगशालामा परीक्षण गरिएकामध्ये बाँकेका ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमध्ये ४६ जना पुरुष र १ जना महिला छन् ।
यसैगरी मोरङमा १ जना पुरुष, धनुषा, रौतहट, धादिङ र दाङका १(१ जना, गुल्मीका १ जना पुरुष संक्रमित भएका छन् ।
उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनीहरुको स्थायी ठेगाना र हालको ठेगानामा कन्ट्याक ट्रेसिङ सुरु गरिसकिएको उनले बताए ।
योसँगै नेपालमा कारोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ । जसमध्ये ३६ जना निको भई घर फर्किसकेका छने भने अन्य दुई जनाको मृत्यु समेत भईसकेको छ ।