इटहरीः नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नम्बर १ ले आफ्ना कार्यसमिति सदस्य तथा विराटनगरका औषधी ब्यवसायी देवीप्रसाद दुलालको हत्यामा संलग्नलाई कडा कार्बाही गर्न माग गरेको छ । सोमबार एक प्रेस विज्ञप्ती प्रकाशित गरि घटनाको घोर भत्र्सना गर्दै कार्बाहीको माग गरेको हो ।
देश यस्तो विषम परिस्थितीमा रहेको अबस्थामा यस्तो अपराधिक क्रियाकलापले उद्योगी ब्यवसायी हतोत्सायि भईरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । एउटा उद्यमीको दिनदहाडै भएको योजनाबद्ध हत्याले सम्पूर्ण ब्यावसायी त्रसित भएको विज्ञप्तीमा भनिएको छ । महासंघका प्रदेश नम्बर १ का अध्यक्ष राजेश कोइरालाद्धारा प्रकाशित प्रेश विज्ञप्तीमा भनिएको छ–‘ यो अपराधिक घटनामा संलग्न अपराधीलाई कानुनको कठघरामा उभ्याउन नेपाल सरकार सँग नेपाल घरेलु महासंघ जोडदार माग गर्दछ ।’
इटहरी १२ खनार स्थायी घर भएका दुलालको आइतबार कोठामा आफ््नै श्रीमति मीना श्रेष्ठ दुलालको योजनामा प्रेमी ब्रम्महदेव साह र उनका भाई सोनु साहलाई प्रयोग गरि हत्या गरेकी थिइन् । गम्भिर विरामीको नाटक गरि मीनाले केही औषधी व्यवसायीलाई फोन गरेर अस्पताल पुर्याएझै गरेकी थिइन् । उनलाई प्रहरीले अस्पतालबाटै नियन्त्रणमा लिएको थियो । मोरङ प्रहरीको नियन्त्रणमा रहेकी श्रीमति मीना सहित हत्यामा संलग्न ३ जनालाई आज प्रहरीले अनलाइन पत्रकार सम्मेलन गरि सार्वजनिक गरिसकेको छ । पोष्टमार्टमपछि दुलालको इटहरी स्थित बुढीगंगा जमुना मुक्तिघाटमा दाहसंस्कार गरिएको छ ।