इटहरीः सुनसरीको दुहबी र इनरुवा नगरपालिकाको बीचमा पर्ने गढीगाँउपालिकामा एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म कोरोना संक्रमण नभएको जिल्लामा परेको सुनसरी योसंगै संक्रमित भएको जिल्लामा पर्न गएको छ । । सो गाँउपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा पाँच दिन अघि ती युवा भारतको दिल्लीबाट आएको बुझिएको छ । उनि भारतीय सीमा क्षेत्रबाट मकैबारीबाट लुकिछिपि सुनसरी प्रवेश गरेका थिए उनमा कोरोना पोजेटिभ देखिएको हो । पाँच जना मध्येमा उनि मात्र संक्रमित भएको बताइएको छ । आज धरान स्थित वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा स्वाब परिक्षण गर्दा उनमा कोरोना संक्रमण भएको हो । स्वास्थय तथा जनसंख्या मन्त्रालयले एक प्रेश विज्ञप्ती प्रकाशित गरि सुनसरीमा संक्रमण भएको पुष्टि गरेको छ ।