इटहरीः नेपालका बिभिन्न जिल्लाहरुमा १८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघि राती १० बजेर १५ मिनेटमा प्रकाशित गरेको प्रेश विज्ञप्ती अनुसार १८ जना नयाँ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३ सय ७५ पुगेको छ ।
मन्त्रालयका अनुसार थपिएका संक्रमितहरुमा धनुषाका दुई जना पुरुष, खोटागं हलेसी निवासी एक जना पुरुष, बाँके नैनापुर निवासी १२ जना पुरुष ,दैलेख आठविस निवासी एक जना पुरुष, सुनसरी निवासी १ जना पुरुष र झापा निवासी अर्का एक जना पुरुषको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनिहरुको स्वाब परीक्षण जनस्वास्वाथ्य प्रयोगशाला काठमाण्डौं, वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान र कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको मन्त्रालयले जनाएको छ । संक्रमितहरुको अवस्था सामान्य रहेको र उनिहरु स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीद्धारा जारी प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।