इटहरीः सुनसरीमा कोरोना संक्रमित देखिएका युवा साविक मधेली हाल गढीगाँउपालिका वडा नम्बर १ को भएको पाइएको छ । दुहबी नगरपालिका पश्चिम, इनरुवा नगरपालिका पूर्व र इटहरी उपमहानगरपालिका दक्षिणमा रहेको गढीगाँउपालिका वडा नम्बर १ को सिमा क्षेत्र भनेको इटहरी उपमहानगरपालिका वडा नम्बर १२ खनार पर्दछ ।
गढीगाँउपालिका वडा नम्बर १ का ती युवा रोजगारका लागि भारत गएका थिए । ६ दिनअघि भारततर्फ आशंकि रेल संचालन भएपछि आएका उनलाई जोगवनी नाकाबाट गाँउपालिकाकै पहलमा एम्बुलेन्समा हालेर सिधै गढीगाँपालिका कार्यालयले निर्माण गरेको क्वारेन्टाइनमा ल्याएर राखेको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोदकुमार चौधरीले बताए । उनिसंगै ५ जनालाई ल्याएर क्वारेन्टाइनमा राखेकोमा स्वाब परीक्षण गर्दा उनमा चाँही कोरोना संक्रमण पुष्टि भएको चौधरीले बताए । उनलाई उपचारका लागि कोशी अञ्चल अस्पताल लगिने प्रमुख प्रशासकिय अधिकृत चौधरीले बताए । प्रमुख प्रशासकिय अधिकृतका अनुसार संक्रमित युवालाई सिधै क्वारेन्टाइनमा ल्याएर राखिएकाले उनीबाट बाहिर संक्रमण फैलिएको छैन । अब जोगवनी आउनुअघि उनी को कोसंग कसरी आए भन्ने बिषयमा जानकारी नभएको प्रमुख प्रशासकिय अधिकृतको भनाई छ । संक्रमित युवाहरु नेपाल प्रवेश गरेकै  दिन एउटै रेलमा विराटनगर महानगरपालिका , धरान उपमहानगर लगायत क्षेत्रका युवाहरुपनि आएको जानकारी आफुले पाएको उनले बताए ।