इटहरीः खोटागं स्थायी घर भई इटहरी उपमहानगरपालिका वडा नम्बर २ बस्ने १८ बर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ । इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मि गौतमका अनुसार धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणबाट ती युवामा कोरोना संक्रमण पुष्टि भएको हो । उनको बिषयमा थप विवरण लिने काम भईरहेको उपमेयर गौतमले बताइन् ।उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा राखेर उपचार गराईरहेको प्रतिष्ठानले जनाएको छ ।