इटहरीः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसन वार्डमा उपचार गराईरहेका इटहरी २ का कोरोना संक्रमित १८ बर्षीय युवक आफ्ना मामासंग वीपी जानुअघि इटहरीकै आँपगाछीमा रहेको एक क्लिनिकमा चेंकअप गराउन गएको खुलेको छ ।
इटहरी दुई अस्थायी ठेगाना भएका कोरोना संक्रमित उनि दिर्गरोगी समेत भएको खुलेको छ । उनको घर खोटाङ भएपनि इटहरीमा कोठा भाडामा बसेर पढ्दै आएका थिए । सोमबार साझँ एक्कासी पेट दुख्यो भनेपछि ति युवालाई इटहरीको आँपगाछीमा रहेको एक मेडिकलमा चेक गर्न मामा सगँ गएका थिए । उनी मामाको मोटरसाईलमा बसेर सो मेडिकल गएका थिए ।
मेडिकलमा चेंक जाँच गरि समान्य उपाचार गर्दा उनलाई अझ गाह्रो भएपछि त्यहाँ स्वास्थ्यकर्मीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्तिठान पठाएका थिए । प्रतिष्ठानका डाक्टरले उनी माथि शंका गरि स्वाब परीक्षण गरेका थिए । स्वाब परीक्षणमा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । विपीको आइसोलेसनमा रहेका उनलाई अहिले कोभिड १९ अस्पताल विराटनगर लगिने तयारी भईरहेको इलाका प्रहरी कार्यालय इटहरी देविथान पोष्टले जानकारी दिएको छ ।
पेंट दुखेर उपचार गर्न लगिएको भएपनि उनलाई ज्वरो समेत आएको वीपीका डाक्टर पाएपछि शंका गरि कोरोना भए नभएको परीक्षण गराएको प्रतिष्ठानमा सहप्रवक्ता डा. अशोक ऐरले बताए । त्यसैगरि सुनसरीको सीमा क्षेत्रमा खटिएका एक शसस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । उनको स्वाब पनि प्रतिष्ठानकै ल्याबमा परीक्षण गरिएको थियो ।