इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा १८ बर्षीय एक युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि इटहरी उपमहानगरले ५ दिन उपमहानगरक्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।
इटहरीमा संक्रमण पुष्टि भएलगत्तै सुरक्षा अधिकारी सहितको विपद् व्यवस्थापन समितिको आकस्मिक बैंठक राखेर उपमहानगरपालिका ५ दिनसम्मका लागि बन्द गर्ने निर्णय गरिएको उपमेयर लक्ष्मि गौतले बताइन् ।
उनका अनुसार औषधी पसल बाहेक अरु सबै पसलहरु, बजार क्षेत्र पूर्ण रुपमा बन्द गरिने भएको छ । इटहरीका केही वडाहरुबाट भईरहेको सेवाप्रवाह पनि बन्द गर्ने निर्णय भएको उनले बताइन् । ५ दिनसम्म घरबाहिर हिड्डुल नगर्न उपमेयर गौतमले नगरवासीमा अनुरोध समेत गरेकी छन् । उनले परिस्थित सहज नहुन्जेल घरबाहिर हिड्डुल गर्न नपाउने बताइन् ।