इटहरीः प्रदेश नम्बर १ मा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । प्रदेश १ को उदयपुर स्थित त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केबाट कोरोना संक्रमित देखिन शुरु भएको थियो । उदयपुरमा ३३, झापाका १२, मोरङ ३, सुनसरीका ३, भोजपुर १, धनकुटा १, खोटाङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
संक्रमितहरुलाई प्रदेश १ सरकारले विराटनगरमा निर्माण गरेको कोभिड–१९ बिषेश अस्पतालमा उपचार केन्द्रमा उपचार गरिदै आएको छ । उपचार गरिएका मध्ये १७ जना उपचारपछि निको भएर डिस्चार्ज भईसकेका छन् ।
प्रदेश १ मा हालसम्म साढे १२ हजारभन्दा बढीको स्वास्थय परीक्षण गरिएको छ । जसमध्ये ३ हजार १ सय ६१ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको मुख्यमन्त्रीको कार्यालय सूचना डेस्कले जनाएको छ ।