इटहरीः नेपालमा मंगलवार २७ जना कोरोना संक्रमित थपिएका छन् । झापा, सुनसरी लगायतका जिल्लाहरुमा २७ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले नयाँ संक्रमितको विवरण दिँदै नेपालमा कुल ४ सय २ संक्रमित पुगेको जनाए । उनले थपिएका संक्रमितको अवस्था सामान्य रहेको बताएका छन् । नेपालमा संक्रमित मध्ये एक सुत्केरी महिला र एक युवकको ज्यान गईसकेको छ । हिजो मात्रै झापा सहित नेपालमा ८० जना संक्रमित फेला परेका थिए ।