भद्रपुरः भारतको मुम्बईबाट चार दिनअघि आएका १० जनामा कोरोना संक्रमण पुष्टिभएपछि झापाको कचनकवल गाउँपालिकाका ५ वटा वडा सिल गरिएको छ । सिल गरिएको पाँच वटा भारतीय सीमा क्षेत्रमा पर्दछ ।
कोरोना नियन्त्रण तथा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सो गाँउपालिकाको भारतीय सीमासँग जोडिएका वडा नम्बर १, २, ३, ४ र ५ मा सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्ण कोइरालाले बताए । आज बसेको कोरोना नियन्त्रण तथा जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।
सोमबार वडा नम्बर ६ का २३ बर्षीय युवामा कोरोना पुष्टि भएको थियो । बाँकी ९ जनामा आज पुष्टि भएको प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले थप जाँचको लागि उनीहरुको स्वाब काठमाडौस्थित टेकु अस्पताल पठाइएको जनाएको छ ।