विराटनगरः लुथरन विश्व फेडेरेसन (एलडब्ल्युएफ)ले विराटनगरमा संचालित कोशी कोभिड १८ उपचार केन्द्रलाई रु. ७ मूल्य बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ ।
१९ भन्दा बढी प्रकारका ती सामग्री प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई लुथरनका कार्यक्रम व्यवस्थापक यज्ञ गौतमसहितका प्रतिनिधिले आज हस्तान्तरण गरेका हुन ।
लुथरनले एक्सरे मेसिन एक थान, इलेक्ट्रिक सक्सन मेसिन दुई थान, अक्सिजन बनाउने मेसिन एक थान, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सेट ३० थान, आईआर थर्ममिटर ४ थान, एन ९५ मास्क १ सय २० थान र सर्जिकल मास्क ५ सय थान सहयोग गरेको हो ।
स्वास्थ्य उपकरणहरु ग्रहण गर्दै मन्त्री घिमिरेले प्रदेश १ मा संक्रमण बढ्दै गएकाले भोलिका दिनमा कसरी सुरक्षित रहने र स्वास्थ्य सेवा उपलब्ध गराउने भन्ने चुनौती थपिएको बताए । कोरोना भाईरसविरुद्ध लड्न लुथरनले गरेको सहयोग फलदायी हुने बताए ।
कोभिड अस्पताललाई लुथरन सामुदायिक कल्याण समूह मोरङमार्फत स्वास्थ्य उपकरण र सामग्री प्रदान गरिएको कार्यक्रम व्यवस्थापक गौतमले बताउनुभयो ।
लुथरनले यसअघि कोभिड अस्पताललाई रु. ३ लाख ६० हजार बराबरको अनलाइन युपीएस सहयोग गरेको थियो ।