इटहरीः पछिल्लो रेकर्ड अनुसार कोरोना भाइरस संक्रमणका कारण विश्वभर ३ लाख २४ हजार ५ सय ३४ जनाको मृत्यु भएको छ । बुधबार (आज) विहानसम्मको रेकर्ड अनुसार कोरोना संक्रमणका कारण विश्वभरमा मृत्यु हुनेको संख्या ३ लाख २४ हजार ५३४ पुगेको हो ।
विश्वमा सबैभन्दा धेरै अमेरिकामा ९३ हजार ५३३ जनाको मृत्यु भएको छ । बेलातयतमा ३५ हजार ३४१, इटलीमा ३२ हजार १६९, फ्रान्समा २८ हजार २२, स्पेनमा २७ हजार ७७८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
हालसम्म ४९ लाख ८२ हजार ८७५ जनामा कोरोना संक्रमण देखिसकेको छ । यसमध्ये १९ लाख ५६ हजार ३६१ जना निको भइसकेका छन् ।
२६ लाख ९९ हजार ४८२ संक्रमितको उपचार भइरहेको छ । यसमध्ये २६ लाख ५४ हजार ४२ को स्वास्थ्य अवस्था मध्यम रहेको छ भने ४५ हजार ४४० को अवस्था गम्भीर रहेको बल्डमिटरले जनाएको छ ।
भारतमा ३ हजार ३ सय २ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या भारतमा १ लाख ६ हजार ४७५ जनामा संक्रमण फैलिसकेको छ । २४ घण्टामा भारतमा ६ हजार १ सय ४७ जना नयाँ संक्रमित थपिएका छन् । भारतमा १४६ जनाले २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको छ । नेपालमा हालसम्म ४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये दुई जनाको मृत्यु भइसकेको छ । ४७५ जना आइसोलेशनमा छन्