इटहरीः सुनसरीको बराहक्षेत्र नगरपालिकामा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नगरपालिकाले आजबाट दुई वटा वडा सिल गरेको छ ।
नगरपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै वडा नम्बर १० र ११ सिल गरेको जनाएको छ । ती वडाहरुमा औषधी पसल, क्लिनिक र मेडिकल बाहेक सबै क्षेत्र अर्को आदेश नहुन्जेलसम्मका लागि पूर्ण रुपमा बन्द गर्ने जारी सूचनामा उल्लेख गरिएको छ । नगरपालिकाले हिड्डुलमा पनि रोक लगाएको जनाइएको छ । आज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेशकुमार पोख्रलले सूचना जारी गरी हिजो वडा नम्बर ११ मधुवनका एक जनामा संक्रमण पुष्टि भएको जनाएका छन् । बराहक्षेत्र नगरपालिकाले नगरक्षेत्रभित्र उच्च सर्तकता अपनाँउदा अपनाउँदै संक्रमण भेटिएको पनि सो सूचनामा उल्लेख गरिएको छ ।