बिर्तामोडः झापामा कोरोना भाइरसको संक्रमण तिब्र देखिन थालेपछि जिल्लामा व्रिmयाशील पत्रकारहरुको पीसीआर परिक्षणका लागि स्वाब संकलन सुरु भएको छ । आज (बधवार) झापाको विर्तामोड स्थित नेपाल पत्रकार महासंघको कार्यालयमा प्रदेश जनसंस्थ्य प्रयोगशाखा विराटनगरको प्राविधिक टोलीले स्वाब संकलन गरेको हो ।
महासंघको पहलमा सामाजिक विकास मन्त्रालयले पत्रकारहरुको स्वाब संकलन गरेको नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले बताएका छन् । समाचार रिपोर्टिङका क्रममा पत्रकार अग्रपङ्तिमा रहने भएकाले महासंघ झापाले पहिलो चरणमा २५ जना पत्रकारको स्वाब परीक्षणको व्यवस्था मिलाएको हो । यसअघि मोरङमा १७ जना पत्रकारको परीक्षण गरिएको थियो । झापामा फ्रन्ट लाइनमा काम गर्ने अरु धेरै पत्रकारको परीक्षण छुटेकाले एक साताभित्र थप परीक्षणको व्यवस्था मिलाइने महासङ्घका सचिव सन्तोष आचार्यले बताएका छन् ।
स्वाब संकलनस्थलमा आइपुगेका प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोनाविरुद्धको अभियानमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै सकेसम्म सुरक्षित रहेर समाचार संकलन गर्नु पर्नेमा जोड दिए । पत्रकारहरुको स्वाबको रिपोर्ट विहीवार अपरान्हसम्म आइपुग्ने जनाइएको छ ।

Jiban-Ghimire-768x384