संखुवासभाः पूर्व राज्यमन्त्री तथा कांग्रेसका नेता दीपक खड्काले संखुवासभाका २५ पत्रकारको कोरोना वीमा गरिदिएका छन् । उनले एक लाख रुपैयाँ भुक्तानी दावी सहितको कोरोना विमा गरिदिएका हुन् । नेपाल पत्रकार महासंघले उपलव्ध गराएको क्रियासिल २५ जना पत्रकारको सूची अनुसार कोरोना विमा गरिदिएका हुन् । महासंघका अध्यक्ष ईन्द्रकुमार गिरीले महासंघका २५ पत्रकार जिल्लाका ८ वटा रेडियो, अनलाईन, स्थानीय पत्रिका र राष्ट्रिय स्तरका पत्रपत्रिकामा कार्यरत छन् ।
उनले एक लाख रुपैया भुक्तानी दावी सहितको विमा गरिदिएकामा पूर्वमन्त्री खड्का प्रति आभार व्यक्त गरे । फ्रन्ट लाईनमा बसेर पत्रकारीता गरिरहेका २५ पत्रकारलाई कोरोना विमाले हौसला मिलेको उनले बताए । यसअघि पनि खड्काले पत्रकार महासंघलाई माक्स र सेनिटाईजर उपलव्ध गराएका थिए । २५ पत्रकारको स्वाव परिक्षणमा पोजेटिभ देखिए महासंघले सिफारिस गरेको आधारमा विमा कम्पनीले १ लाख भुक्तानी गर्ने छ । खड्काका तर्फबाट विमालेख कांग्रेस नेता अनन्तकुमार गौलीले महासंघका अध्यक्ष गिरीलाई हस्तान्तरण गरे ।
यसैबीच, पूर्व राज्यमन्त्री खड्काले जिल्ला कारागारका कैदीको प्रयोजनका लागि १ हजार लिटरको पानी ट्याङ्की उपलव्ध गराएका छन् । २५ क्षमताको कारागारमा १ सय २० जना कैदीबन्दी तथा थुनुवा बसेको थाहा पाएपछि खड्काले हजार लिटरको ट्याङ्की उपलव्ध गराएको बताए ।
जेलर विनोद अधिकारीले ट्याङ्की अभाव भइरहेको बेला कैदीबन्दीका लागि पानीको जोहो गर्न सजिलो भएको बताए । उनले पूूर्व राज्यमन्त्री खड्कालाई धन्यबाद व्यक्त गरे । खड्काले उपलव्ध गराएको पानी ट्याङ्की कांग्रेस कार्यकर्ता ईश्वर कटुवालले जे्लर अधिकारीलाई बुधबार हस्तान्तरण गरे ।