इटहरीः प्रदेश नम्बर १ को झापामा मात्रै कोरोना संक्रमितको संख्या २७ पुगेको छ गएराती झापको कचनकवलका थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि सोही गाँउपालिकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतका दिल्ली लगायत बिभिन्न स्थानबाट आएका युवाहरुबाट संक्रमण फैलिएको हो । यसअघि झापाको दमक र बाह्रदशीमा एक एक जानमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती दुवै जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज बिहान जारी गरेको प्रेस विज्ञप्ती अनुसार कचनकवल गाँउपालिका वडा नम्बर ३,६ र ८ का १८ देखि ४६ बर्ष उमेरका पुरुषहरुमा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरि धनकुटा निवासी ३४ बर्षीय पुरुष र धरान उपमहानगरपालिका निवासी ५१ बर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । प्रादेशिक प्रयोगशाल विराटनगर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उनिहरुको स्वाब परीक्षण गरिएको मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ । मन्त्तालयका अनुसार थपिएका समेत गरि नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४४ पुगेको छ । तीन जनाले ज्यान गुमाएका छन् ।
प्रदेश १ मा कोभिड—१९ पुष्टि भएको जम्मा संख्या ७६ रहेको छ। निको हुनेहरुको संख्या २६ पुगेको छ। हिजो मात्रै ८ जना निको भएर घर फर्किएका छन्। प्रदेश एकमा हिजोसम्म पिसिआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ। त्यस्तै आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको मुख्यमन्त्री कार्यालय प्रदेश एककले जनाएको छ।

लक डाउन कार्यान्वयनमा चुनौति व्यहोरेको बिर्तामोड नगरपालिकाले बजारमा दैनिक बढ्दो भीड व्यवस्थापन गर्न नगर क्षेत्र सिल गर्ने निर्णय गरेको छ । बिहीवार रातिदेखि नगर क्षेत्र सिल गर्ने निर्णय नगरपालिकाले गरेको हो । यद्यपि, नगरपालिकाले यस विषयमा औपचारिक जानकारी भने सार्वजनिक गरेको छैन ।

स्थानीय सूर्याेदय टेलिभिजनसँगको टेलिफोन वार्तामा बिर्तामोडका मेयर ध्रुवकुमार सिवाकोटीले बिर्तामोडलाई ‘अघोषित सिल’ गरिएको भनेका छन् । दवावमा कृषिथोक बजार पनि खोलिएपछि बिर्तामोडमा थामिनसक्नुको भीड छ । बैक तथा वित्तिय संस्था भएका ठाउँमा पनि जनचाप थपिँदै गएको छ ।

corona_yFwFewkV58