इटहरीः झापाको दक्षिणवतीै गाँउपालिका कचनकवलमा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षण रिर्पोटमा उनिहरुमा कोरोना संक्रमण देखिएको जनस्वास्थय कार्यालय झापाको फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसको मन्त्रालयले भने पुष्टि गरिसकेको छैन् । योसंगै सो गाँउपालिकमा मात्रै सक्रमतिको संख्या ३३ पुगेको छ । यसअघि सोही गाँउपालिकाका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमित सबै केही दिनअघि भारतका बिभिन्न स्थानबाट सो गाँउपालिका आएका थिए ।

 

यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४५३ पुगेको छ ।

संक्रमितमध्ये ३ सय ८३ जना पुरुष र ७० जना महिला रहेका छन् ।