इटहरीः नेपालमा थप ३ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा संक्रमितको संख्या ४५७ पुगेको छ । बाँकेको नैनापुर र कपिलबस्तुमा ३ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

बाँकेको नैनापुर ३ निवासी ३२ बर्षीय पुरुष, खजुरा ३ निवासी ४२ बर्षीया महिला र कपिलबस्तुको सुद्दोधन गाँउपालिका निवासी १९ बर्षीय पुरुषमा संक्रमण देखिएको मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले बताएका छन् । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको सम्पर्कमै रहेको मन्त्रालयले जनाएको छ ।