संखुवासभाः संखुवासभाको सरदमुकाम खाँदबारीबाट एक सुत्केरी महिलालाई थप उपचारको लागि सेनाकाे हेलिकप्टरबाट शुक्रबार काठमाडौ लगिएको छ ।
खाँदबारी नगरपालिका–६ पाङठा घर भएकी ३२ बर्षीय गंगा कार्की जिल्ला अस्पताल खाँदबारीमा बेहोस भएपछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौ लगिएको हो । उनलाई शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौ स्थित थापाथलीको प्रसुती गृह लगिएको हो ।
प्रसव पिडाले च्यापेपछि कार्की गएको ४ गते जिल्ला अस्पताल खाँदबारीमा सुत्केरी हुनलाई भर्ना भएकी थिइन । तर उनको पेटमा रहेको बच्चा अप्ठयारो गरेर बसेको भिडियो एक्सरेबाट थाहा पाएपछि जिल्ला अस्पताल खाँदबारीले नसक्ने भन्दै नोबेल अस्पताल बिराटनगर रिफर गरेको थियो ।

received_590635754894452
नोबेल अस्पताल रिफर गरेको बिरामी शुक्रबार बिहान अस्पताल आएपछि सामान्य उपचार गरेको तर बेहोस अर्धचेत भएपछि यहाँ नसक्ने भनेर रिफर गरिएको जिल्ला अस्पतालका खाँदबारीका मेडिकल सुपरीटेण्डेड डा. सुन्दरश्याम झाले बताए । ‘खाँदबारीबाट रिफर भएकी कार्कीको नोबेल अस्पतालमा अप्रेसन गरेर मरेको बच्चा निकालेको थियो । त्यसपछि दुई हप्ता अस्पतालमा नै आराम गरेर बस्नु पर्ने चिकित्सकले सुझाव दिएको रहेछ ।’ मेसु झाले भने—‘उनीहरुको आर्थिक अवस्था कमजोर भएकाले खर्च धान्न नसकेको भन्दै बिहीबार बेलुकी संखुवासभा स्थित घर आइपुगेका थिए । राती बिरामी परेपछि उनि फेरी शुक्रबार बिहानै जिल्ला अस्पतालमा भर्ना भएकी थिइन ।’
सुत्केरी अवस्थामा रहेकी कार्कीको अवस्था अत्यन्तै नाजुक रहेको छ । उनको शरिरमा रगतको मात्रा देखी अन्य विभिन्न समस्याका साथै अर्धचेत अवसथामा रहेकाले थप उपचारको लागि काठमाडौ लगिएको उनले बताए । 
दयनिय अवस्थामा रहेकी कार्कीको जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल बिकास समितिका अध्यक्ष सुमन शाक्यको पहलमा राष्ट्रपति सुत्केरी उद्धार कार्यक्रम मार्फत उद्धार गरिएको हो । पहाडी जिल्ला संखुवासभाबाट सुत्केरी उपचार हुन नसकी  हेलिकप्टरबाट उद्धार गरिएको यो पहिलो घटना हो ।

received_691886671572847