विराटनगरः मोरङको लेटाङ नगरपालिका सिल गरिएको छ । छिमेकी पालिकाहरुमा कोरोना संक्रमित भेटिन थालेकोले सावधानी अपनाउन भन्दै नगरपालिकाले सिल गर्ने निर्णय लिएको नगरपालिकाले जनाएको छ ।
नगरमा ५४ जनाको दु्रत परीक्षण विधिबाट कोरोना भए नभएको परीक्षण पनि गरिएको छ । खासगरी लेटाङ नगरपालिकामा विदेशबाट आएका, मुस्लिम समुदायको धार्मिक कार्यक्रममा सहभागी भई फर्किएका, ड्युटीमा खटिएका प्रहरी, एम्बुलेन्स चालक र स्थानीय व्यापारीको आरडीटी परीक्षण गरिएको प्रमुख राईले बताए । भने,‘‘सबै रिर्पोट नेगेटिभ आएका छन् ।’’
लेटाङमा कोरोना जोखिम कम गर्न आज राति १२ बजेदेखि नगरक्षेत्र सिल गर्ने निर्णय गरिएको हो । नगर प्रमुख शंकर राईले दिएको जानकारी अनुसार लेटाङ नगरपालिका ३ दिनका लागि सिल गरिएको हो । आवश्यकता मूल्यांकन गर्दै थप निर्णय गर्ने उनले बताए ।