इटहरीः इटहरी २ का कोरोना संक्रमित युवाको स्वास्थ्य परीक्षणमा सहभागी ५ जना स्वास्थ्यकर्मीहरुको रिर्पोट नेगेटिभ आएको छ । स्वास्थ्यकर्मीहरुसंगै पत्रकारहरुको पनि स्वाब संकलन गरिएको थियो । ५ जना पत्रकारहरुको रिर्पोट पनि नेगेटिभ नै आएको इटहरी अस्पतालका इमेरजेन्सी इन्र्चाज रामकुमार धमलाले बताए । उनका अनुसार कोरोना संक्रमण भए नभएको परीक्षण गर्ने विराटनगर स्थित प्रादेशिक प्रयोगशाला र धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणको चाप बढेकाले एकै पटक सबैको रिर्पोट नआएको हो ।