संखुवासभाः संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधिन नौ सय मेगावाटको अरुण तेश्रो आयोजनाले स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामाग्री उपलव्ध गराएको छ । अरुण तेश्रोले स्वास्थ्यलाई पुनप्रयोग गर्न सकिने ग्राउन १ सय थान, ग्लोव्स २ हजार ५ सय जोडी, भिरेक्स पाउडर ३ सय पाकेट, एन ९० माक्स ३ सय थान, सर्जिकल माक्स ३ हजार थान र फेस सिल्ड १ सय थान उपलव्ध गराएको हो ।
ती सामाग्री ३ लाख ७५ हजार ७ सय २५ बराबरको भएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले बताए । उनलाई अरुण तेश्रो आयोजनाका प्रतिनिधिले शुक्रबार एक कार्यक्रम बीच उक्त रकमको चेक हस्तान्तरण गरे । कोरोना भाईरसको संक्रमणको खतरा भइरहेको अवश्थामा अरुण तेश्रोको यो सहयोगले राहत मिलेको उनले बताए । यसअघि पनि जिल्ला अस्पताल संखुवासभालाई अरुण तेश्रो आयोजनाले पीपीई सेट, २ वटा भेन्लिेटर लगायतका सामाग्री सहित करिब ९० लाख रुपैयाको सहयोग गरिसकेको छ । ती सामाग्री जिल्ला अस्पतालमा प्रयोग भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।