मानवअधिकारकर्मी मिश्रले आमाको स्मृतिमा गरे तेह्रथुमका २० जना पत्रकारको कोरोना बीमा

  • जेठ ९, २०७७
  • ३१६ पटक पढिएको
  • अमृत बाँस्तोला
alt

तेह्रथुमः स्वर्गीय आमा लक्ष्मीदेवीको स्मृतिमा मानव अधिकार तथा शान्ति समाजका जिल्ला सभापति लक्ष्मीनारायण मिश्रले तेह्रथुमका २० जना क्रियाशील पत्रकारहरुको सामुहिक कोरोना बीमा गरिदिएका छन् ।
कोरोना महामारीका बेला अग्रपंक्तिमा रहेर काम गरिरहेका १३ जना पत्रकार र संमृद्ध तेह्रथुमकालागि अभियानद्धारा सञ्चालित रेडियो तेह्रथुमका ७ जना पत्रकार र कर्मचारीको एक–एक लाख रुपैयाँको वार्षिक बीमा उनले गरिदिएका हुन् । नेपाल पत्रकार महासंघ, जिल्ला शाखाको समन्वयमा मानव अधिकार तथा शान्ति समाजका जिल्ला सभापति मिश्रले स्वर्गीय आमा लक्ष्मीदेवीको स्मृतिमा पत्रकारको कोरोना बीमा गरिदिएको पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष नरेश ढुंगानाले बताए ।
महासंघको सिफारिसमा मिश्रले १३ जना क्रियाशील पत्रकारको एक वर्षकालागि १–१ लाख रुपैयाँको बीमा गरिदिएको अध्यक्ष ढुंगानाले बताए । बीमाका कारण अग्रपंक्तिमा बसेर पत्रकारिता गरिरहेका पत्रकारलाई हौसला मिलेको उनले बताए । जिल्लामा चार वटा रेडियोमा काम गर्ने रेडियोकर्मीले संकटका बेलासमेत ज्यान जोखिममा राखेर निरन्तर सूचना प्रवाह गरिरहेको भन्दै उनले ती सबै सञ्चारकर्मीको बीमा गरिदिनकालागि समेत आव्हान गरेका छन् ।
बीमा गरिदिएपछि मिश्रले १३ जना पत्रकारको बीमालेख शुक्रबार पत्रकार महासंघका जिल्ला अध्यक्ष ढुंगानालाई हस्तान्तरण गरे । सात जना रेडियो कर्मचारीको बीमालेख रेडियोलाई हस्तान्तरण गरे ।‘महामारीका बेला स्वास्थ्य, सुरक्षा, सञ्चार र निजामती सेवा क्षेत्र अग्रपंक्तिमा रहेर खटिएको छ, तर सञ्चारबाहेकको क्षेत्रलाई मात्रै राज्यले सेवासुविधाको व्यवस्था गरेको छ,’ बीमालेख हस्तान्तरणपछि सभापति मिश्रले भने, ‘त्यसैले अग्रपंक्तिमा खटिएर काम गर्ने पत्रकारहरुको बीमा गरिदिन प्रोत्साहित भएँ ।’ मिश्रको आमा लक्ष्मीदेवीको गतवर्ष ९० वर्षको उमेरमा देहावसान भएको थियो । मिश्र जिल्लामा क्रियाशील सञ्चार गैरसरकारी संस्था संमृद्ध तेह्रथुमकालागि अभियानका निर्देशक समेत हुन् ।

प्रतिक्रिया दिनुहोस

लाहुरेको सहर धरान जनसहभागिताको नमूना

धरानः धरान नेपालको एक सुन्दर तथा विविध सांस्कृतिक विविधतायुक्त सहरका रुपमा परिचित छ । आधुनिक र &lsqu ...

इनरुवामा एक सय जना कृषक सम्मानित

इटहरीः सुनसरीको इनरुवामा आयोजित विशेष कार्यक्रमका बीच कृषकहरुलाई पशु औषधि निःशुल्क वितरण गरिएको छ । ...

जनमत प्रचण्ड–नेपाल पक्षमा छः योगेश भट्टराई

इटहरीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड माधव पक्षका युवा नेता योगेश भट्टराईले देशको जनमत कत ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved