इटहरीः भक्तपुर, मकवानपुर, बारा र सप्तरीमा ९ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । योसंगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१६ पुगेको छ । भक्तपुर ९ कि ४२ बर्षीया महिला, मकवानपुरको हेटौडा ३ कि ५४ बर्षीया महिला, सप्तरीको बलान बिहुल गाँउपालिकाका ३५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

त्यसैगरि बारा सिमरगढ नगरपालिका २२ देखि ४५ बर्ष उमेरका ६ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनिहरुको स्वास्थय अवस्था सामान्य रहेको छ । उनिहरु स्वास्थ्यकर्मीहरुको सम्पर्कमै रहेकाले उपचारका लागि अस्पताल ल्याउने कार्यथालिएको बताईएको छ ।