भारतको उत्तर प्रदेश हुँदै जिल्ला भित्रिएका सबै नागरिक संखुवासभाको क्वारेन्टाइनमा

  • जेठ १०, २०७७
  • ६१८ पटक पढिएको
  • विजय कार्की
alt

संखुवासभाः भारतको उत्तर प्रदेश र नेपालका विभिन्न जिल्ला हुँदै संखुवासभा ल्याइएका २२ जना नेपाली नागरिकहरुलाई संखुवासभा जिल्लाका स्थानीय पालिकाहरुले छुट्टै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएका छन् ।
भारतको उत्तर प्रदेशको गाजियावादबाट १७ जना, नेपालको सुनसरी जिल्लाको इटहरीबाट ३ जना, उदयपुरबाट १ जना र रुपन्देहीबाट १ जना गरी ५ जनासमेत गरी जिल्लाका विभिन्न पालिकामा स्थायी घर भएका २२ जना नागरिकहरुलाई हिजो साँझ संखुवासभा ल्याइएका नागरिकहरुलाई धर्मदेवी नगरपालिका वडा नं. ४ अन्तर्गत रहेको पिलुवा खोला दोभान रिसोर्टको हल सहितका कोठाहरुमा राख्ने व्यवस्था मिलाइएको छ ।
ईलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक उपेन्द्र खरेलका अनुसार सो रिसोर्टमा चैनपुर नगरपालिका स्थायी घर भएका ७ जना, यसै गरी मादी नगरपालिका स्थायी घर भएका ९ जना र खाँदवारी नगरपालिका स्थायी घर भएका १ जना गरी जम्मा १७ जना नेपाली नागरिकहरुलाई जिल्लाको धर्मदेवी नगरपालिकाको पिलुवा रिसोर्टमा राखिएको छ ।
पाँचखपन नगरपालिकाले समेत पाँचखपन स्थित रहेको नगरपालिकाको सभाहलमा बाहिरबाट ल्याइएका नेपाली नागरिकहरुलाई राख्ने व्यवस्था मिलाएको छ । पाँचखपन नगरपालिकाका स्थायी घर भएका ४ जना र सभापोखरी गाउँपालिका स्थायी घर भएका १ जना गरी ५ जनालाई सो सामुदायिक सभा भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

99427391_202587910724118_2767447758972387328_n
सुनसरीको इटहरीहुँदै आएका ३ जना नागरिकको हिजो राती नै आरडिटी टेष्ट गरिएको छ । यसैगरी भारतको उत्तर प्रदेशका १७ जना र रुपन्देही र उदयपुरबाट आएका १÷१ जना गरी १९ जना नागरिकको स्वाव संकलन गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा समेत हिजो अवेरसाँझ पठाइएको समेत जिल्ला जनस्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ । अहिले क्वारेन्टाइनमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको समेत जनाएको छ ।
बाहिरबाट आएर क्वारेन्टाइनमा राखिएका नागरिकहरुको खानपिन लगायतको व्यवस्था सम्बन्धित पालिकाले गर्ने व्यवस्था मिलाइएको जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमनकुमार शाक्यले जानकारी दिए । यस अघि देशका विभिन्न भागबाट जिल्ला भित्रिएका नागरिकहरु आउँदा चर्को विरोध भएको भएपनि जति जति कोभिड १९ को जोखिम बढीरहेको छ, त्यतिकै संख्यामा विदेशबाट समेत नागरिकहरु नेपाल हुँदै जिल्ला फर्कदा उनीहरुलाई सुरक्षितसाथ राख्न नेपाल सरकारले स्थानीय सरकारलाई व्यवस्था मिलाए सँगै भारत लगायत विभिन्न देशबाट नागरिकहरु धमाधम आ–आफ्नो जिल्ला फर्कन थालेपछि त्राससँगै उनीहरुलाई सुरक्षितसाथ क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सर्जकका सृजना भाग १ः ...

इटहरीः आदरणीय पाठक, श्रोता तथा दर्शक मानुभावहरु आजबाट हामीले प्रदेश पोर्टल डटकमको युटुब च्यानल प्रदे ...

पुर्वी पहाडमा गोलिया ...

इलामः पूर्वी पहाडी जिल्लाका किसानको ठूलो आर्थिक हिस्सा धान्दै आएको गोलीया निकासी रोकीए पछि यतिबेला क ...

धरान १७ का ३० वर्षीय ...

धरान:धरानमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । धरान १७ एन्फा एकेडेमीस्थित क्वारेन्टाइनमा रहेका ए ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved