इटहरी: इटहरी २ का कोरोना संक्रमित युवकका आफ्न्तको रिपोर्ट नेगेटिभ आएको छ ।

उनी संक्रमित भएसगैं उनका छिमेकी, आफन्तलाई जाचँका लागि स्वाब परीक्षण गर्न प्रादेशिक कोशी अस्पताल विराटनगर पठाइएको थियो ।

स्वाब पठाइएको ४ दिन पछि २० जनाको परीक्षण गरिएकोमा सबैको नेगेटिभ आएको इटहरी अस्पताल इमेरजेन्सी विभाग प्रमुख रामकुमार धमलाले जनाए.  । २० जनाको नेगेटिभ आएसगैं स्थानीय खुसी भएका छन् ।

इटहरी २ का १८ वर्षीय युवकमा कोरोना संक्रमित भएको पुष्टि भएपछि उनका आफन्त, छिमेकी र साथीहरुको स्वाव गरीक्षणका लागि गत जेठ ७ गते लगिएको थियो ।इटहरी उपमहानगरले वडा नम्बर २ मा कोरोना संक्रमण भेटिएपछि आजसम्म वडा नम्बर २ र ३ सिल गरेको थियो । इटहरीका अन्य स्थानमा पनि औषधी पसल बाहेक सबै बन्द गर्नेे निर्णय गरेको थियो । मानिसहरुलाई हिड्डुल गर्न कडाई समेत गरेको थियो । 

संक्रमित युवा अहिले कोभिड १९ अस्पताल विराटनगरमा उपचार गराइरहेका छन् । उनको पनि अबस्था सामान्य छ ।