इटहरी: इटहरी क्षेत्र भित्र भोली (सोमबार) देखि जेठ ६ गते अघिको जस्तै विहान ७ वजे देखि १० वजे सम्म अत्यावश्यक समाग्रीका पसल खुल्ला गरिने भएको छ ।
लकडाउनलाई प्रभावकारी वनाउंदै जनजीवनलाई कसरी सहज वनाउन सकिन्छ भनेर इटहरी उपमहानगरले आयोजना गरेको वैठकमा सो निर्णय गरिएको हो ।
उपमहानगरका मेयर द्धारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले ६ गते भन्दा अगाडीकै जस्तो विहान ७ देखि १० वजेसम्म अत्यावशकीय समाग्रीका पसलमा सामाजिक दुरीलाई कडाइका साथ पालना गरेर किनवेच गर्ने निर्णय गरेको हो ।
वैठकमा जनप्रतिनिधिहरु,उद्योगवाणिज्य संघ,प्रदेश ट्राफिक प्रहरी कार्यालय,इलाका प्रहरी कार्यालयको प्रतिनिधित्व थियो । वैठकले गत जेठ ६ गते देखि ११ गते सम्म वडा नम्वर २ र ३ मा गरिएको सिलको अवधिलाई प्रभावकारी ढंगले कार्यावन्यनमा सहयोग पुर्याउने सवैलाई धन्यवाद दिएको छ । वडा नम्वर २ र ३ मा गरिएको सिलवन्दि हटाइएको छ ।
तर जोखिम कायमै रहेकाले लकडाउनलाई भने प्रभावकारी ढंगले कार्यावन्यनमा सहयोग पुरयाउन उपमहागनरले आग्रह गरेको छ । इटहरी वडा नम्वर २ का एकजना युवामा संक्रमण देखिएकाले जेठ ११ सम्म वडा नम्वर २ र ३ सिल गरिएको थियो ।
वैंकहरुको हकमा यसअघि निर्धारण गरिएको समय विहान १० देखि १ वजेसम्म तोकिएको पालो अनुसार हुने वताइएको छ । अत्यावसक काम वाहेक घर वाट वाहिर ननिस्कन र घरमै वस्दा समेत सामाजिक दुरीलाई पालना गर्न आग्रह गरिएको छ ।