इटहरी: थप १२ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ मा एक जना, वडानम्बर २ एक महिलासहित पाँचजना, वडानम्बर ३ मा एकजना पुरुष, वडानम्बर ६ मा एकजना पुरुषमा कोरोना पुष्टि भएको हो ।

यस्तै भेरीगंगा नगरपालिका८ मा १६ र १७ वर्षीय दुईजना पुरुषमा र सिम्ता गाउँपालिका(४ मा ३५ र ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै सुर्खेतमा संक्रमितको संक्रमितको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशमा २३ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ९४ पुगेको छ । १ सय ५० भन्दा धेरै संक्रमित निको भई घर फर्किसकेका छन् भने ४ जनाको मृत्यु समेत भईसेको छ ।

karnali_update-800x700