धरानः धरान उपमहानगरपालिका वडा नम्बर १८ ले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिषठानको भागवत धर्मशालामा रहेका २८ विरामी र कुरवाहरुलाई राहत वितरण गरेको छ ।
वीपी प्रतिष्ठानमा किड्नीको डायलोसिस एवं उपचार गरिरहेको विरामी तथा विरामीका कुरुवाहरु लकडाउनका कारण अति नै समस्यामा परेका थिए । राहत स्वरुप १० केजी चामल, १ केजी नुन, १ केजी दाल, १ लिटर तेल र १ केजी चना वितरण गरिएको हो । सोमबार धरान १८ को वडा कार्यालयमा वडाध्यक्ष नरेन्द्र कुमार (प्रविण) राई, वडा सदस्य जमुना मोक्तान त्रिखत्री, दिनकुमारी राई, टंक गुरुङ्ग, जगदिप सुनुवार र कर्मचारी भक्ति राई लगायतले राहत वितरण गरेका थिए । स्थानीय समाजसेवी बुवा टेक बहादुर गुरुङ्ग, आमा प्रेम कुमारी गुरुङ्गले छोरा विकास गुरुङ्गको जन्म दिनको उपलक्ष्यमा उनका बुहारी संगिता गुरुङ्ग सहितले राहत सामग्री वडा मार्फत प्रदान गरेको वडाअध्यक्ष राईले बताए ।
कोरोना भाईरसको संक्रमणको कारण धरान लकडाउन भएको ६१ दिन वितिसकेको छ । यतिका दिन सम्म घर आवत जावत गर्न समस्या भएकाले किड्नीको डायलोसिस गर्नुपर्ने विरामीहरु समस्यामा परेको हो । यस भन्दा पनि उक्त धर्मशालामा रहेर वीपी अस्पतालमा उपचार गरिरहेका विरामीहरुलाई राहत वितरण गरिएको थियो । वडा कार्यालयको समन्वय र आयोजनामा विभिन्न सहयोगी दाता तथा संस्थाहरुको सहयोगमा कुरुवाहरुका लागि दैनिक विहान वेलुका खानाको पनि व्यवस्था गर्दै आएको छ । जेष्ठ नागरिकहरुका लागि घरघरमा हर्लिक्स र बालबालिकाहरुका लागि पाकेट दुधको व्यवस्था गर्ने समेत योजना रहेको वडा सदस्य जमुना मोक्तान त्रिखतीले बताइन्।
राहत वितरण कार्यमा समाजिक दुरी कायम गर्दै सेनिटाइजर र पञ्जा प्रयोग गरेर पूर्ण सावधानी अपनाईएको थियो । राहत वितरणका कार्यमा दाताका प्रतिनिधि रवि केसी, वडाका स्वस्थ्य स्वयमसेविका दिपा श्रेष्ठ, ईन्दु मगर तथा देवीथान संरक्षण तथा व्यवस्थापन समितिका मदन राई र दिपेश वान्तवाको सहभागिता रहेको थियो ।

 

100676180_3397257210292948_7255785258711252992_n 99269441_3397257110292958_7611037435580907520_n 99254966_3397257453626257_1237291507162021888_n 98467916_3397257760292893_6333410477497909248_n