सप्तरीः सप्तरीको बोदे बर्साइन नगरपालिका ५ स्थित चन्द्र नमूना माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो विद्यालयको क्वारेन्टाइनमा बसेका १ महिलासहित ११ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित सप्तरीमा मात्रै कोरोना संक्रतिमको संख्या १५ पुगेको छ । नेपालमा भने कुल संक्रमितको संख्या ७ सय ८३ जना पुगेको छ । मन्त्रालयले भने पुष्टि भएका संक्रमितहरुको बिषयमा प्रेश विज्ञप्ती जारी गर्न बाँकी छ ।
चन्द्र नमूना माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका १८, १९, १९, २०, २०, २१, २८ र ५६ वर्षीय पुरुष, बलान बिहुल गाउँपालिका–४ बेल्ही स्थित राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेका १७ वर्र्षीया महिला र २९ वर्षीय पुरुष तथा सुरुङ्गा नगरपालिकास्थित मसीलाल जनता माविको क्वारेन्टाइनमा बसेका २९ वर्षीय रहेको जन स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । उनिहरुको स्वाब परीक्षण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको थियो ।
सप्तरीमा पहिलोपटक २९ वैशाखमा डाकनेश्वरी नगरपालिका ३ का १८ वर्षीय युवकमा संक्रमण पुष्टि भएको थियो । उनीसहित १३ जना मजदुर लकडाउनका बेला चितवनबाट ९ वैशाखमा सप्तरी गएका थिए ।
त्यसपछि भारतको हरियाणाबाट आएका बलान बिहुल गाउँपालिका ४ का ३५ वर्षीय युवकमा ९ जेठमा कोराना पोजिटिभ देखिएको थियो । श्रीमती र भाइसहित १ जेठमा आए उनी चोरबाटो हुँदै घरमा लुकिछिपी बसेकोमा गाउँलेहरूले खबर गरेपछि प्रहरीले ३ जेठमा बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित क्वारेन्टाइनमा राखेको थियो ।