इटहरी :नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमा प्रदेश २ को रौतहटका २९, बाराका ७ र सिरहाका २ जना रहेका छन् । नयाँ संक्रमितको कन्ट्याक ट्रेसिङ सुरू भइसकेको छ ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८ सय १० पुगेको छ । जसमध्ये १ सय ५५ जना निको हुँदा ४ संक्रमितको ज्यान गएको छ । थप पुष्टि भएका संक्रमितको बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै जानकारी गराएको छैन ।