इटहरी :नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले इलाममा पिपिइ तथा माक्स वितरण गरेको छ। महासङ्घका १ नं प्रदेश कमिटी संयोजक बिसन शाक्य, कोषाध्यक्ष रुद्र बहादुर विश्वकर्मा र सदस्य सुदन शाक्यले संयुक्त रूपमा इलामका सीडीओ तुलसी राम सेढाइ र सशस्त्र प्रहरी उपरीक्षक रोशन श्रेष्ठलाई ५००० थान माक्स र २० थान पिपिइ हस्तान्तरण गरेका हुन्।
जिल्लाका सरकारी अस्पताल र स्वास्थ्य चौकीहरूमा अग्रपङ्तिमा रहेर कोरोना सङ्क्रमितको उपचारमा खटिने चिकित्सकहरूलाई उक्त सामग्री प्रदान गर्ने सीडीओ सेढाईले बताए। उनले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट पिपिइ र माक्स सहयोग गरेकोमा धन्यबाद समेत व्यक्त गरे।
त्यसैगरी महासङ्घले स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले पनि खुशी व्यक्त गर्दै विशेष धन्यवाद दिए।
यस अघि पनि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अञ्चल अस्पताल विराटनगरको लागि माक्स र पिपिइ प्रदान गरिएको भन्दै महासङ्घ १ नं प्रदेश कमिटी संयोजक शाक्यले आफूहरूले सामाजिक दायित्व अन्तर्गत काम गरिरहेको जनाए।