इटहरीः कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणको लागि सहयोग होस् भन्ने उद्धेश्य राखेर खप्तडी बस्नेत वंशले इटहरी अस्पताललाई ५० हजार बराबरको स्वस्थ्य सामाग्री प्रदान गरेको छ ।
बुधबार सो वंशको(वत्छला कुलपुजा समीति ) ईटहरी १७ बिसनपुरको तर्फबाट ईटहरी सो रकम बाराबरका स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो । स्वास्थ्य सामाग्रीहरुमा पिपिइ, माक्स र पन्जा रहेका छन् । उक्त स्वास्थ्य सामाग्री ईटहरी उपमहानगरपालिकाकी उपमेयर लक्षिम गौतमलाई हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा संस्थाका सचिव राजेन्द्र बस्नेतले आफ्नो कुल पुजाको समयमा सबै बस्नेत बन्धुहरुको तर्फबाट सहयोग गर्ने निर्णय अनुसार सहयोग गरिएको जानकारी दिए । नगर उपप्रमुख लक्ष्मी गौतमले सहयोग प्रति धन्यवाद दिएकी थिइन् ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्य संयोजक रामचरण चौधरी , इटहरी अस्पतालका निमित्त प्रमुख डा. मनिषकुमार शर्मा, स्वास्थ्य शाखाका जन स्वास्थ्य निरिक्षक घनश्याम सिग्देल, हेल्थ असिस्टेन्ट विकास पौडेल , जनस्वास्थ्य निरिक्षक दुर्गा वहादुर खड्का लगायतको उपस्थिति रहेको सो अस्पतालका ईमर्जेन्सी विभाग प्रमुख रामकुमार धमलाले बताए ।

100789214_565841004131733_7643725357928939520_n